निजी अस्पताल तथा प्रयोगशालाले भने, २ हजार रुपैयाँमा पीसीआर गर्न सक्दैनौंँ

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोनाको पीसीआर परीक्षण मूल्य घटाएर २ हजार रुपैयाँ बनाए पनि निजी अस्पताल तथा प्रयोगशालाले यो नियम मान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन्।
उनीहरुले आज मन्त्रालयका सचिव लक्ष्मण अर्यालललाई भेटी आफूहरुले २ हजारमा कोरोनाको पीसीआर परीक्षण गर्न नसक्ने भन्दै पत्र बुझाएका हुन्। काठमाडौंमा रहेका सबै निजी अस्पताल तथा प्रयोगशालाका प्रतिनिधी गएर यो निर्णय फिर्ता लिन आग्रह गरे ।
उनीहरुले परीक्षणका लागि चाहिने किट, पीपीई लगायतका अन्य सामग्रीको लागत मूल्य नै २ हजार भन्दा बढी पर्न आउने भएकाले पीसीआर परीक्षण अहिलेको अवस्थामा २ हजार रुपैयाँमा गर्न असम्भव भएको बताएका छन्। ।
निजी अस्पताल तथा प्रयोगशालाले शुरुका दिनदेखि सरकारलाई सहयोग गर्दै आएको भए पनि अहिले आएर सरकारले निजी अस्पताल तथा प्रयोगशालालाई डुबाउने गरी कुनै सल्लाह नै नगरी २ हजार रुपैयाँमा परीक्षण गर भन्नु न्यायपूर्ण नभएको उनीहरुको भनाई छ । उनीहरुले सरकारले पहिलोपटक ५ ,५०० रुपैयाँबाट घटाएर ४ हजार ४ सय बनाउँदा आफूहरु केही नबोलेको भए पनि अहिले लागत खर्च नै नउठ्ने भएपछि बाध्य भएर मन्त्रालय आउन परेको उनीहरुको भनाई थियो ।
उनीहरुले स्वास्थ्य सचिव अर्याल समक्ष पीसीआर परीक्षणको शुल्क ४ ,४०० रुपैयाँ नै कायम राख्न अनुरोध गरेका छन्।
स्वास्थ्य मन्त्रालयले भदौ २८ गतेदेखि लागू हुने गरी सबै अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न \गराउन निर्णय गरेको थियो । आज मन्त्रालयमा पीसीआर परीक्षण अनुमति पाएका काठमाडौं उपत्यकाका मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, स्टार अस्पताल, बी एण्ड बी अस्पताल, विद ल्याब, सीडीएल ल्याब लगायतका सबै प्रयोगशालाका प्रतिनिधी उपस्थित थिए । केएमसी अस्पताल मात्र यो हस्ताक्षर अभियनामा सहभागी भएको थिएन ।
सरकारले कोरोना महामारी शुरु भएको धेरै समयसम्म निजी अस्पताल तथा प्रयोगशालालाई शुरुमा कोरोना परीक्षणको अनुमति नै दिएको थिएन । पछि सरकारी अस्पताल तथा प्रयोगशालाले मात्र परीक्षण गरेर नभ्याउने भएपछि बाध्य भएर निजीलाई पनि अनुमति दिएको थियो । सरकारी प्रक्रिया झन्झटिलो हुने र रिपोर्ट पनि ढिला आउने कारणले यतिबेला धेरैको रोजाइमा निजी प्रयोगशाला नै पर्ने गरेका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति