Health TV Online
Health TV Online

२४ घण्टामा उपत्यकामा ८ सहित १५ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा उपत्यकामा ८ सहित १५ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ८ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी मोरङका ४० र ७० वर्षका २ पुुरुष, रामेछापका २३ वर्षीय पुरुष, गोरखाका ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिलासहित आजै १५ जना संक्रमितको मृत्यु भएको हो ।

यसैगरी मृत्यु हुनेहरुमा काठमाडौंका ६१ वर्षीया महिला सहित ६ जना भक्तपुरका ७३ वर्षीय पुरुष र ललितपुरका ५५ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना