काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ५१२ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५१२ जना संक्रमित थपिएका हुन्। यसरी संक्रमण हुनेहरुमा काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। यसैगरी गत २४ घण्टामा ८७९ जना कोरोना जितेर निको भएका छन्।
यसरी कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । आज देशभर ११ सय ७० जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १५ हजार ३९३ जना सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति