‘लकडाउनका कारण तुरुन्त उपचार चाहिने क्यान्सरका बिरामी पनि अस्पताल आउन सकेका छैनन्’

डा सुदिप श्रेष्ठ
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना महामारीले विश्वलाई नै आक्रान्त बनाएको छ । यसको असर सबैतिर परेको छ । नेपालमा पनि कोरोना महामारी शुरु भएपछि सरकारले गत चैत ११ देखि विभिन्न चरणमा लकडाउन एवं निषेधाज्ञा जारी गरेको छ । अहिले पनि शशर्त केही व्यापार व्यवसाय सवारी साधन चल्न पाउने गरी केही खुकुलो त गरेको छ । तर एक जिल्लाबाट अर्को जिल्लामा जान अझै गाह्रो छ ।
यतिबेला नियमित रुपमा उपचार चाहिने क्यान्सरका बिरामी उच्च जोखिममा रहेका छन्। सवारीसाधन नचल्दा उनीहरु अस्पताल आएर उपचार गर्नुपर्ने भए पनि आउन सकिरहेका छैनन्। यसले क्यान्सर फैलिन र झन जटिल बन्न सहयोग पुराइरहेको छ । क्यान्सरका बिरामी अहिले अस्पतालमा अत्यन्त जटिल भएपछि मात्र आउने गरेका छन्। अहिलेको अवस्था हेर्दा हामी २० वर्ष अघि जहाँ थियौं त्यही पुगेको छौं । यतिका वर्ष साधारण लक्षण देखिने वित्तिकै अस्पताल गएर उपचार गराउनुपर्छ भनेर सम्झाउँदै आयौं र धेरै हदसम्म बिरामी सचेत पनि भइसकेका थिए र तर कोरोना महामारीका कारण मानिसमा यति धेरै डर पैदा भयो की उनीहरु सामान्य लक्षण हुँदा सम्म अस्पताल आउन चाहेर पनि आउन सकिरहेहका छैनन्। जसले गर्दा रोग शरीरमा पालेर बस्न बाध्य भएका छन्।
अब कोरोना भाइरससँग डराएर भाग्ने भन्दा पनि यसबाट बच्ने उपाय अपनाउँदै जनजीवन सहज बनाउन जरुरी भइसकेको छ । अन्यथा कोरोनाले भन्दा पनि अन्य दीर्घरोगीको अवस्था भायावह हुनसक्छ । यसबारे सरकारले सोच्न जरुरी भइसकेको छ ।
यतिबेला अस्पतालमा ५० प्रतिशतले बिरामी घटेका छन्। अत्यन्त अप्ठेरो नपरेसम्म अस्पताल आउनै छोडिसके बिरामीहरु । हामीले अस्पतालमा त पूरै सावधानी अपनाएर बिरामी हेरिरहेका छौं तर बिरामी आफै अस्पताल आउन डराइरहेका छन। अर्को कुरा उनीहरुलाई मुख्य समस्या सवारीसाधनको भएको छ । धेरै क्यान्सरका बिरामी काठमाडौं बाहिरका छन्। उनीहरु नियमित फलो अपमा आउनुपर्ने हो । यो ६ महिनामा त्यो सम्भव भएको छैन्। सबैतिर क्यान्सरको सम्पूर्ण उपचार हुने अस्पताल पनि छैनन्। भएका सिमित अस्पतालमा पनि उनीहरु जान सकिरहेका छैनन्।
यतिबेला नियमित रुपमा उपचार चाहिने क्यान्सरका बिरामी उच्च जोखिममा रहेका छन्। सवारीसाधन नचल्दा उनीहरु अस्पताल आएर उपचार गर्नुपर्ने भए पनि आउन सकिरहेका छैनन्। यसले क्यान्सर फैलिन र झन जटिल बन्न सहयोग पुराइरहेको छ । क्यान्सरका बिरामी अहिले अस्पतालमा अत्यन्त जटिल भएपछि मात्र आउने गरेका छन्। अहिलेको अवस्था हेर्दा हामी २० वर्ष अघि जहाँ थियौं त्यही पुगेको छौं । यतिका वर्ष साधारण लक्षण देखिने वित्तिकै अस्पताल गएर उपचार गराउनुपर्छ भनेर सम्झाउँदै आयौं र धेरै हदसम्म बिरामी सचेत पनि भइसकेका थिए र तर कोरोना महामारीका कारण मानिसमा यति धेरै डर पैदा भयो की उनीहरु सामान्य लक्षण हुँदा सम्म अस्पताल आउन चाहेर पनि आउन सकिरहेहका छैनन्। जसले गर्दा रोग शरीरमा पालेर बस्न बाध्य भएका छन्।
क्यान्सर यस्तो रोग हो जुन एक दिन पनि उपचार गर्न ढिला गरियो भने यसको संक्रमण धेरै फैलिसकेको हुन्छ। त्यही कारण क्यान्सरमा स्टेज छुट्याउने गरिन्छ । बिरामी कुन स्टेजमा आउँछ त्यही अनुसार उपचारको परिणाम आउँछ । जति ढिलो गर्यो त्यति उपचार जटिल र कम प्रभावकारी हुने गर्छ । ६ \६ महिनासम्म उपचारमा नआउँदा उनीहरुलाई पक्कै अप्ठेरो भएको छ । कतिपयको मृत्यु समेत भएको छ यो विचमा ।
सरकारले यताउता जानका लागि पास दिने बेलामा के का लागि हो । भनेर छुट्याएर दिनुपर्ने हो । सबैलाई एउटै तरिकाले हेरेर एक दिन दुई दिनको पास लिएर आएका बिरामी पनि जान हतार गरिरहेका हुन्छन्। लकडाउन साँच्चिकै क्यान्सर बिरामीका लागि धेरै नै गाह्रो भइसकेको छ । यो अवस्थालाई सरकारले बुझ्न जरुरी छ । कोरोना मात्रैमा फोकस हुुँदा क्यान्सर लगायतका दीर्घरोग जुन नियमित उपचार गराउनैपर्छ उनीहरुका लागि निकै सकसपूर्ण भइहरहेको छ । यही अवस्था धेरै समय रहीरहेमा यसले उनीहरुको मृत्यु दर पनि बढ्ने पक्का छ ।
अब कोरोना भाइरससँग डराएर भाग्ने भन्दा पनि यसबाट बच्ने उपाय अपनाउँदै जनजीवन सहज बनाउन जरुरी भइसकेको छ । अन्यथा कोरोनाले भन्दा पनि अन्य दीर्घरोगीको अवस्था भायावह हुनसक्छ । यसबारे सरकारले सोच्न जरुरी भइसकेको छ ।
(वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा श्रेष्ठ नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष हुन्।)
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति