इजरायलमा पुन: लकडाउन, चाडपर्वका बेला लकडाउन गरेको भन्दै मन्त्रीद्धारा राजिनामा

हेल्थ टिभी अनलाइन : कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि इजरायलमा पुनः लकडाउन लागू गरिने भएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तीन साताका लागि लकडाउन लागू गरिने जानकारी दिएका हुन् । दैनिक चार हजार मानिसमा संक्रमण पुष्टि हुन थालेपछि सरकारले पुन लकडाउन लागू गर्ने घोषणा गरेको हो । उता इजरायलमा लकडाउनको बिरोध पनि हुँदै आएको छ । यहुदीहरुको मुख्य पर्व नजिकिएको समयमा लकडाउन लागू गर्न लागेको भन्दै यसको विरुद्धमा एक मन्त्रीले राजीनामा दिएका छन् ।
लकडाउन गरेकै कारण सत्तारुढ गठबन्धनले आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ । इजरायलमा गत मार्चको सुरुमा करिव एक महिना लकडाउन गरिएको थियो । ९० लाख जनसंख्या भएको इजरायलमा कोरोनाका कारण ११ सय सय ८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ५३ हजार नाघेको छ । बीबीसी
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights