यी हुन् कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

हेल्थ टिभी अनलाइन : कोेरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशको लिस्टमा अमेरिका पहिलो नम्बरमा पर्छ । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना महामारी यतिबेला चीनले नियन्त्रणमा ल्याइसकेको छ जसका कारण चीन प्रभावित देशको टप टेनमा पनि पर्दैन्।
बढी प्रभावित देशहरुमा क्रमस अमेरिका, भारत, ब्राजिल,रुस, पेरु, कोलम्बिया,मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्जेन्टिना रहेका छन्। एक नम्बरमा रहेको अमेरिकामा मात्रै हालसम्म ६६ लाख ७६ हजार ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ९८ हजार १२८ जनाको मृत्यु भएको छ । यसैगरी भारतमा अहिलेसम्म ४७ लाख ५१ हजार ७८८ जनामा संक्रमण देखिएको छ । संक्रमण धेरै भए पनि भारतमा मृत्यु दर भने कम रहेको छ । हालसम्म त्यहाँ ७८ हजार ६१४ जनाको कोरोनाबाट ज्यान गएको जनाइएको छ ।
यसैगरी भारतपछि ब्राजिलमा धेरै संक्रमित रहेका छन्। ब्राजिलमा ४३ लाख १५ हजार ८५८ जनामा कोरोना देखिएको छ भने १ लाख ३१ हजार २७४ जनाको मृत्यु भएको छ ।
२३ वटा देशमा २ लाख भन्दा बढी संक्रमित रहेका छन्। विश्वमा हाल २ करोड ८९ लाख ४० हजार २२३ जना संक्रमित भइसकेका छन् भने ९ लाख २४ हजार ५६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
यसैगरी क्रमस रुस, पेरु, कोलम्बिया, मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्नेन्टिनामा धेरै संक्रमित रहेका छन्। यता नेपालमा भने हालसम्म कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ रहेको छ ।
विभिन्न १० मुलुकको संक्रमण संख्या निम्न रहेको छ:
अमेरिका – ६६,७६,६०१
भारत- ४७,५१,७८८
ब्राजील- ४३, १५,८५८
रूस- १०,५७,३६२
पेरू – ७,२२,८३२
कोलंबिया – ७, ०८,९६४
मैक्सिको – ६,६३,९७३
साउथ अफ्रीका- ६,४८,२१४
स्पेन – ५,७६,६९७
अर्जेंटिना – ५, ४६,४८१
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै