चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राती भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले रिपोर्ट सार्वजनिक गर्दै थप ८७ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।
अस्पतालका अनुसार ५३३ वटा नमुना परीक्षण गर्दा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ७३ जना, रत्ननगरका २ जना, खैरहनीका ४ जना, कालिकाका ८ जना रहेका छन्।
यो विवरण शुक्रबार राती १२ बजे सम्मको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ बजेसम्म देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति