भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन जिल्ला राप्ती नगरपालिका -५ का ६१ वर्षीय पुरुषको कोरोना सक्रमणबाट आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ २५ गते बिहीबार श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका संक्रमित पुरुषको उपचारकै क्रममा आज शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पताले जनाएको हो । उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल आउने क्रममै सिकिस्त भएका उनको कोभिड आइसीयूमा राखी भेन्टिलेटरसहतिको उपचार गरिएको भए पनि कडा निमानियाका कारण बचाउन नसकिएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज ४ बजेसम्मको तथ्यांक अनुसार हालसम्म ३२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति