शुक्रबार काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै बढी संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंमा ६२० जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जना रहेका छन्। गत २४ घण्टामा देशभर १४ सय ५४ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
कोरोनाको आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ भने हाल देशभर १४ हजार ९२५ जना संक्रिय संक्रमित रहेका छन्।
यसैगरी हालसम्म ३२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति