Health TV Online
Health TV Online

एकै दिन थपिए १४ सय ५४ संक्रमित, ९७२ जना डिस्चार्ज

एकै दिन थपिए १४ सय ५४ संक्रमित, ९७२ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९७२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

कोरोनाको आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ भने हाल देशभर १४ हजार ९२५ जना संक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना