पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका काठमाडौं निवासी ६३ वर्षीय पुरुषको निधन भएको जनाएको हो । उनको उपचारकै क्रममा आज भदौ २६ गते बिहान ३ बजे मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो ४ बजेसम्मको तथ्यांक जारी गर्दै नेपालमा ३१७ जनाले कोरोनाबाट ज्यान गुमाएको जनाएको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति