विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नजिक

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख २४ हजार ६६५ पुगेको छ । गत २४ घण्टामा मात्रै विश्वभर ३ लाख बढी मानिसमा संक्रमण देखिएको छ भने ५ हजार ९२७ जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म ९ लाख १३ हजार ९०८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी हालसम्म २ करोड ३३ लाख बढी मानिस उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन्। अझै पनि विभिन्न देशमा गरी ७० लाख ७१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको जनाइएको छ । कोरोनाबाट बढी प्रभावित हुने देशको लिस्टमा अमेरिका, भारत र ब्राजिल रहेका छन्। तर पछिल्ला केही दिन यता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।
अमेरिकामा मात्रै हालसम्म ६५ लाख ८८ हजार १६३ जनामा संक्रमण पुष्टि भएको छ भने १ लाख ९६ हजार ३२८ जनाको ज्यान गएको छ । यसैगरी भारतमा ४५ लाख ५९ हजार ७२५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ७६ हजार ३०४ जनाको मृत्यु भएको जनाइएको छ । उता ब्राजिलमा पनि अहिलेसम्म ४२ लाख ३९ हजार ७६३ जनामा कोरोना पुष्टि भएको छ भने १ लाख २९ हजार ५७५ जनाको मृत्यु भएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights