काठमाडौं उपत्यकामा एकै दिन थपिए ५७२ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ४९५ जना, भक्तपुरका ३४ र ललितपुरका ४३ जना रहेका छन्।
देशभर १२ सय ४६ जना संक्रमित थपिंदा उपत्यकामा मात्रै ७७२ जना संक्रमित थपिएका हुन्। कोरोनाको उच्च जोखिममा रहेका उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो रहेको छ ।
गत २४ घण्टामा १८ सय १८ जना संक्रमित निको भएर घर गएका छन्। नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति