थप १२ सय ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा थप १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । यसैगरी गत २४ घण्टामा कोरोना जितेर १८ सय १८ जना डिस्चार्ज भएका छन्। यो संख्या सँगै नेपालमा हालसम्म ३५ हजार ७ सय जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८०६ रहेको छ भने देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। आज थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति