डडेल्धुरा अस्पतालमा २५ सयमै कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरामा स्वेच्छाले कोरोना परीक्षण गराउँदा २५ सय रुपैयाँ मात्र लाग्ने भएको छ ।
डडेल्धुरा अस्पतालले आज एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदिशचन्द्र विष्टले जानकारी दिए ।
यसअघि सेती प्रादेशिक अस्पतालले पनि स्वेच्छाले कोरोनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरिसकेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति