Health TV Online
Health TV Online

भेरी अस्पतालमा कार्यरत डा पाण्डे भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त

भेरी अस्पतालमा कार्यरत डा पाण्डे भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा राजन पाण्डेलाई नियुक्त गरेको छ ।

हाल बाँकेको भेरी अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट फिजिसियनको रुपमा कार्यरत डा पाण्डेलाई मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेका हुन्।

उनलाई दिइएको पत्रमा लेखिएको छ , ‘भदौ २४ गतेको निर्णय अनुसार तपाइँलाई अर्को व्यवस्था नभएसम्म भरतपुर अस्पताल चितवनको आर्थिक र प्रशासनिक अधिकार समेत प्रयोग गर्ने गरी प्रमुख मेडिकल सुपरिटेन्डेन्टको कामकाज गर्न खटाइएको छ ।’

डा पाण्डे कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खदिंदा आफै संक्रमणमा परेका थिए । उनी ५ दिन अघि मात्र संक्रमणमुक्त भएका हुन्। यसअघि भरतपुर अस्पतालमा डा श्रीराम तिवारी मेडिकल सुपरिटेन्डेन्ट थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना