गण्डकीमा थप ४९ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा नर्स, बिरामीदेखि प्रहरीसम्म

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ६ जिल्लामा गरी थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७ सय २८ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत एक जना नर्स एवं सोही अस्पतालमा उपचाररत बिरामी समेत रहेका छन्। यसैगरी नेपाल प्रहरीमा कार्यरत प्रहरी लगायत अन्य क्वारेन्टाइनमा रहेकाहरु भएको निर्देशनालयले जनाएको छ ।
पोखराको क्षयरोय केन्द्रमा परीक्षण गर्दा कास्कीका १९ जना, बाग्लुङका ९ जना, तनहुँका ३ जना, स्याङ्जाका १२ जना, नवलपरासीका ५ जना र पर्वतका १ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति