काठमाडौंमा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात पनि चल्न पाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा तीन हप्तासम्म कडा निषेधाज्ञा लगाएको भए पनि अब भने निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि व्यापार, व्यवसाय, यातायातलाई सशर्त खोल्न दिने निर्णय गरेको हो । योसँगै भोलिदेखि सार्वजनिक यातायात पनि चल्न पाउनेछन्। तर जोर विजोर प्रणाली लागू हुनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कडा निषेधाज्ञाका कारण सर्वसाधारणको जनजीवनमा परेको समस्या मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्दै काम पनि गर्नुस् भनेर यस्तो निर्णय गरिएको बताए । उनले निषेधाज्ञा खुकुलो भए पनि केही शर्तहरु पनि अनिवार्य पालना गर्नुपर्ने जनाएका छन्।
काठमाडौं उपत्यकामा भदौ ३ गते रातीबाट अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने गरी कडा निषेधाज्ञा जारी गरिएको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति