२४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ९१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर डिस्चार्ज हुनेको संखया हालसम्म ३३ हजार ८८२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल कोरोनाको आशंकामा ५ हजार ४८० जना क्वारेन्टाइनमा रहेका छन् भने देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी हाल १६२ जना कोरोना संक्रमितको आइसोलेसनमा र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति