चितवनमा १८ महिने शिशुसहित थप १२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ चितवन: चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले भदौ २३ गते २५७ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना देखिएको जनाएको छ । यसरी संक्रमण हुनेहरुमा भरतपुरका २ जना पुरुष र ७ जना महिला रहेका छन् भने माडीका १८ महिने शिशु र अर्का २७ वर्षका पुरुष रहेका छन्।
अर्का एक जना भने सिन्धुपाल्चोक घर भए पनि भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जनाएकी छिन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति