पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीय संक्रमित महिलाको मृत्यु भएको जनाएको छ । अस्पतालका निर्देशक प्रा .डा. अर्जुन आचार्यले भदौ २२ गते कोरोना संक्रमण भएर आइसीयूमा भर्ना भएकी महिलाको उपचारकै क्रममा आज भदौ २३ गते दिउँसो ३:५० मा मृत्यु भएको जनाएका छन्।
उनी दमको दीर्घ रोगी भएको अस्पतालले जनाएको छ । उनीसँगै प्रतिष्ठानमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति