Health TV Online
Health TV Online

२४ घण्टामा थप ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार २३६ पुग्यो

२४ घण्टामा थप ९७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७ हजार २३६ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप ९७९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४७ हजा। २३६ पुगेको छ । यसैगरी गत २४ घण्टामा थप १७ सय ३६ जना संक्रमित कोरोन जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना