Health TV Online
Health TV Online

प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाउने व्यक्ति पक्राउ

प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाउने व्यक्ति पक्राउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्राकृतिक चिकित्सक हुँ भन्दै विभिन्न माध्यममार्फत कोरोनाबारे अनावश्यक भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन्।

चिकित्सक हुँ भन्दै सुवास सुब्बा लिम्बुले मनोमानी रुपमा युट्युब च्यानल एवं सामाजिक सञ्जालमा कोरोना केही नभएको यसबाट डर पैदा गराएर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट अंग निकालिने गरेको आरोप लगाएका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको हो ।

पछिल्लो समय लिम्बुले कोरोना हाउगुजी मात्र भएको र कोरोनाका बिरामी भन्दै कसैलाई हेर्न छुन नदिएर अस्पतालले व्यक्तिका महत्वपूर्ण अंग झिकेर बेच्ने गरेको आरोप लगाउँदै आएका थिए । आफूलाई चिकित्सक बताउने व्यक्ति कुनै पनि परिषदमा दर्ता छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना