बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का ५९ बर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार राती साढे ८ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
भदौ १५ गते कोरोना पुष्टि भएका उनी होटलमा आइसोलेसनमा बसेका थिए । पछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई १८ गते अस्पताल लगिएको भए पनि उपचारकै क्रममा हिजो आइतबार राती मृत्यु भएको श्रेष्ठले जनाएका छन्। उनी मधुमेह र मुटुरोगी रहेको बुझिएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति