Health TV Online
Health TV Online

अस्पतालमा भर्ना भएका बिरामी एवं स्वास्थ्यकर्मीसहित गण्डकीमा थप ६७ जनामा कोरोना पुष्टि

अस्पतालमा भर्ना भएका बिरामी एवं स्वास्थ्यकर्मीसहित गण्डकीमा थप ६७ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या २५ सय ९८ पुगेको छ । संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३१ जना, नवलपरासीका ३१ जना, गोरखाका १८ जना र तनहुँका ३ जना रहेका छन्।

संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा भर्ना भएका २ जना बिरामी एवं पश्चिमाञ्चल सामूदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स एवं सफाई कर्मचारी समेत रहेका छन्। यसैगरी पोखरा फुड्स प्रालिमा कार्यरत २५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उता नवलपरसीमा एक जना स्वास्थ्यर्कीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना