वीर अस्पताललाई कोभिड- १९ डेडिकेटेट अस्पताल बनाइने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुककै पुरानो वीर अस्पताललाई कोभिड -१९ डेडिकेटेट अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड -१९ डेडिकेटेट अस्पताल बनाउने र हाल त्यहाँ भएका बिरामीलाई नजिकै रहेको ट्रमा सेन्टरमार्फत नियमित स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठक बसी आजै वीर अस्पताललाई कोभिड -१९ डेडिकेटेट अस्पताल बनाउने निर्णय गरेको हो ।
यसैगरी मन्त्रालयले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विधामा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाउने पनि निर्णय भएको जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति