गण्डकीमा २ जना नर्ससहित थप ६७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा २ जना नर्ससहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गत २४ घण्टामा ६ जिल्लामा गरी थप ६७ जनामा कोरोना पुष्टि भएको हो योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ ।
संक्रमण हुनेहरुमा पोखराका २ जना नर्स समेत रहेका छन्। निर्देशनालयका अनुसार कास्कीका २० जना, स्याङ्जाका २२ जना, तनहुँका ७ जना, नवलपरासीका १३ जना, बाग्लुङका ३ जना र लमजुङका २ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति