Health TV Online
Health TV Online

चितवनका थप ३० जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ३० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \चितवन:  चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३० सहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार राती १२ बजेसम्मको तथ्यांकमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्। कोरोनाको आंशकामा १३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४ जनामा पोजेटिभ देखिएको हो ।

चितवनका संक्रमितहरू १० वर्ष देखि ६६ वर्षसम्मका छन्। यसैगरी नवलपुर कावासोतीका ३ जना र कास्कीका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना