काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमण हुनेहरुमा काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना संक्रमित थपिएका छन्। यसैगरी १५ सय ६६ जना संक्रमित कोरोना निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति