पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार ४१ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजा। ४१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको छ। यसैगरी विगत २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० छ।
विगत २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति