Health TV Online
Health TV Online

प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाएकोप्रति संघको ध्यानाकर्षण

प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाएकोप्रति संघको ध्यानाकर्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय केही व्यक्तिहरुले आफूलाई प्राकृतिक चिकित्सक हुँ भन्ने दाबी गर्दै सर्वसाधारणमा कोरोनाका विषयमा भ्रम फैलाउने गरेको भन्दै प्राकृतिक चिकित्सक संघले आपत्ति जनाएको छ ।

विज्ञप्ति जारी गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले केही गैर चिकित्सकले प्राकृतिक चिकित्साका नाममा भ्रम फैलाउने र नकारात्मक धारणा सिर्जना गराउने खालका अभिव्यक्तिहरु दिएकोमा उनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने माग गरेको छ ।

यसका साथै प्राकृतिक चिकित्सक हुँ भनेर दावी गरिएका व्यक्तिहरु  नेपाल स्वास्थ्य व्यवसायी परिषदमा समेत दर्ता नभएकाले उनीहरुको कुरा आधिकारीक नभएको र उनीहरुले मनोमानी रुपमा व्यक्त गरेका कुरा विश्वास नगर्न पनि संघले सर्वसाधारणलाई आग्रह गरेको छ ।

संघले कुनै पनि व्यक्तिले आफूलाई विशेषज्ञ बताइसकेपछि सो व्यक्ति विशेषज्ञ भए नभएको एकिन गरेर मात्र उसका कुराहरु सम्प्रेषण गरिदिन मिडियालाई पनि आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना