जुम्लाका सिडियो भुपेन्द्र थापालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भुपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने क्रममा आज आफूलाई कोरोना पोजेटिभ देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले आफू आइसोलेसनमा रहेको र केही परेमा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
उनले आफू कोरोना जितेर पुन: काममा फर्किने पनि उल्लेख गरेका छन्। कोरोना महामारी शुरु भएदेखि नै उनी क्वारेन्टाइन, आइसोलेसनदेखिको सम्पूर्ण व्यवस्थापनमा प्रत्यक्ष रुपमा जुटेका थिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति