भरतपुर अस्पतालले कोरोना संक्रमितका लागि १ सय बेड थप्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि थप १ सय बेड थप गरेको छ । यसअघि अस्पतालमा कोरोना संक्रमितका लागि ७५ बेड छुट्याइएको थियो।
अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले कोरोना संक्रमितको चापलाई हेरेर अस्पतालले अहिले भइरहेको बेडमा थप १ सय बेड गरी १७५ बेड कोभिड संक्रमितका लागि भनेर छु्ट्याएको बताए । उनले आइतबारदेखि १७५ वटै बेडमा बिरामी राख्न सकिने गरी काम भइहरेको पनि जानकारी गराए ।
यसैगरी अस्पतालमा आउने प्रसुति तथा अन्य शल्यक्रिया र कोभिड संक्रमितका लागि गर्नुपर्ने शल्यक्रियाका लागि छु्ट्टाछुट्टै अपरेसन थियटरको व्यवस्था गरिने भएको छ । यसका साथै संक्रमित महिलाबाट जन्मेका बच्चा राख्नका लागि छुट्टै एनआइसीयूको व्यवस्था समेत गरिने जनाइएको छ ।
यसैगरी अस्पतालका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि उनीहरुलाई राख्नका लागि अस्पतालमा भएको कुरुवा घरलाई स्टाफ आइसोलेसन सेन्टर बनाइने पनि डा अधिकारीले बताएका छन्।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति