फिजियोथेरापी संघद्धारा फिजियोथेरापिष्टको कोरोना बीमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुको नि :शुल्क कोरोना बीमा गराएको छ । फिजियोथेरापिष्टहरुको छाता संगठन संघले आवेदन दिएका सबै साधारण सदस्यहरुको बीमा संघकै लागतमा गरेको जनाएको छ ।
फिजियोथेरापिष्टहरुले विरामीको नजिक गई उपचार गर्नुपर्ने हुँदा संक्रमणको जोखिम हुने भएकाले उनीहरुको बीमा गरिएको संघका प्रवक्ता महासचिव समिद कतिला श्रेष्ठले जनाए । उनले कोरोना पोजेटिभ भएका सबैलाई फिजियोथेरापी आवस्यक नभए पनि केही स्वासप्रस्वासका समस्याहरु तथा अन्य शारीरिक समस्याहरुमा यो उपचार गर्नुपर्ने हुँदा हाल केही अस्पतालमा संक्रमितको फिजियोथेरापी भईरहेको समेत जानकारी दिए।
यो सानो प्रयासले फिजियोथेरापिष्टहरु प्रोत्साहन हुने संघको विश्वास छ । झण्डै ६ सय सदस्य रहेको संघमा हाल आवेदनका आधारमा १ सय भन्दा बढीको बीमा गरिएको छ । बीमा रकम एक लाख बराबरको हुनेछ । यदि बिरामीलाई सेवा दिने क्रममा कोही फिजियोथेरापिस्टलाई संक्रमण भएमा एक लाख रुपैयाँ पाउने संघका कोषाध्यक्ष दिल्दिप खनालले जनाए ।
यसका लागि अष्ट्रेलियामा भएका फिजियोथेरापिष्टहरुले पनि आर्थिक सहयोग गरेको संघले जनाएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना