२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा पोखराका २० जना प्रहरीसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्ष्णमा ४ जिल्ला गरी थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो । ती मध्ये २० जना पोखरामा नेपाल प्रहरीमा कार्यरत रहेको खुलेको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्की पोखराका २३ जना, तनहुँका १ जना, लमजुङका ४ जना र नवलपरासीका ७ जना रहेका छन्। निर्देशनालयले पुन अर्को विज्ञप्ति निकालेर थप एक जनामा कोरोना देखिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना