वीर अस्पतालमा डाक्टरसहित ७१ जनामा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा डाक्टरसहित ७१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले आज मंगलबार दिउँसोसम्म ७१ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले भने,’ धमाधम चिकित्सक, नर्स एवं अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैले बुधबार र बिहिबार दुई दिन ओपीडी सेवा पूर्ण रुपमा बन्द गर्दैछौं । ‘उनले आज अस्पतालका ल्याब, फार्मेसी लगायतका विभागमा पनि संक्रमण देखिएकाले अस्पतालमा निर्मलीकरण गर्ने उद्देस्यले सेवा बन्द गर्नुपरेको बताए ।
हालसम्म वीर अस्पतालमा मात्रै १२ जना चिकित्सक, १२ भन्दा बढी नर्स, अन्य स्वास्थ्यकर्मी एवं कर्मचारीसहित ७१ जनामा कोरोना पुष्टि भइसकेको छ । आज गरिएको परीक्षणमा मात्रै वीरका १३ जनामा कोरोना पुष्टि भएको पनि डा सेन्चुरीले जनाएका छन्।
कोभिड र नन कोभिड बिरामी एउटै अस्पतालमा हेर्दा सबैलाई पीपीई पुराउन नसकेको भन्दै धेरै स्वास्थ्यकर्मीमा संक्रमण देखिएको डा सेन्चुरीले जनाए । उनले सबै स्टाफलाई एउटै गाडीमा राखेर ल्याउँदा त्यसमा पनि संक्रमण फैलिएको हुनसक्ने जिकीर गरे ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना