गोरखाकी ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेश मा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गोरखा आरुघाट निवासी ६५ वर्षीया महिलाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो ।
उपचारका लागि काठमाडौं पुगेकी उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा भदौ १३ मा कोरोना पुष्टि भएको थियो ।
मृतक महिला थाइरोइड र मुटुरोगकी दीर्घरोगी रहेको निर्देशनालयले जनाएको छ । उनी भदौ ४ गतेदेखि उपचारमा थिइन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना