थप ८९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९ हजार ४६० पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ पुरुष गरी जम्मा ८९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यी मध्ये हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० रहेको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३ सय ३७ रहेको छ ।
गत २४ घण्टामा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना