Health TV Online
Health TV Online
Health TV Online

आइसीयू र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बढ्दो, कुन प्रदेशमा कति ?

आइसीयू र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बढ्दो, कुन प्रदेशमा कति ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जसका कारण हाल १४४ जना संक्रमितहरु देशभरका विभिन्न आइसीयूमा उपचाररत छन भने यसैगरी कोरोना संक्रमणबाट सिकिस्त भएर भेन्टिरलेटरमा उपचार भइरहेको संक्रमितको संख्या १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना,गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १६ जना थरी १४४ जना संक्रमित आइसीयूमा छन्।

यसैगरी प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १२ जना, प्रदेश ५ मा २ जना गरी १७ जना संक्रमितको अवस्था नाजुक भएका कारण भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा शुरु शुरुमा देखिएका संक्रमितमध्ये ८० प्रतिशत भन्दा बढीमा कुनै लक्षण नै देखिएको थिएन । तर हाल धेरै बिरामीमा लक्षण देखिन थालेको र आइसीयूको उपचार आवश्यक पर्ने देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना