अमेरिका र ब्राजिलमा नयाँ संक्रमितको संख्या घट्दै, भारतमा बढ्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिका र ब्राजिलमा नयाँ संक्रमितको संख्या घट्दै गएको छ भने उता भारतमा झनझन बढिरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी संक्रमित विश्वमै बढी भारतमा देखिए । भारतमा २४ घण्टामा ७९ हजार बढीमा संक्रमण देखिएको छ ।
उता अमेरिकामा ३३ हजार ९८१ र ब्राजिलमा १५ हजार ३४६ जनामा मात्र कोरोना देखिएको छ । यसैगरी मृत्यु हुनेमा पनि भारत नै अघि भयो । भारतमा २४ घण्टामा ९ सय ६० जनाको मृत्यु भएको छ ।
वर्ल्डोमिटरका अनुसार अमेरिकामा ५४ दिनपछि र ब्राजिलमा ११५ दिनपछि ४ सय भन्दा कम संक्रमितको मृत्यु भएको हो । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । हालसम्म त्यहाँ संक्रमितको संख्या ३६ लाख १९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६४ हजार ६१७ जनालको कोरोनाका कारण ज्यान गएको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना