‘समन्वय नगरी रिफर गर्दा बिरामीको ज्यान गएमा सोही अस्पताल जिम्मेवार हुने’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसीयूमा रहेका संक्रमित बिना समन्वय रिफर गर्दा केही भएमा सोही अस्पताल जिम्मेवार हुने जनाएको छ ।
आइतबार भएके नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही अस्पतालले आफूखुशी स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालसँग समन्वय नै नगरी बिरामी रिफर गर्ने गरेको पाइएको भन्दै यो क्रममा संक्रमित बिरामीको मृत्यु भएमा सोही अस्पताल जिम्मेवार हुने बताएका हुन्।
उनले केही अस्पतालले आइसीयूमा रहेका बिरामीलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी बिना नै सिधै कोभिड अस्पताल पठाउने गरेको गुनासो आएको र यसो नगर्न आग्रह गरेका छन्। कोभिड अस्पतालमा बेड भए नभएको एकिन गरेर रिफर गर्ने अस्पताल र उपचार गर्ने स्वास्थ्यकर्मीसँग समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा रिफर गर्न पनि उनले आग्रह गरे ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु