Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोभिड- १९ महामारी, रोगप्रतिरोधात्मक क्षमता तथा दिनचर्याको परिपालन

कोभिड- १९ महामारी, रोगप्रतिरोधात्मक क्षमता तथा दिनचर्याको परिपालन

डा पुनेश्वर केशरी, आयुर्वेद चिकित्सक

आज सारा विश्व नै कोभिड १९ को महामारीले आक्रान्त छ । कोभिड १९ को हालसम्म कुनै खास औषधि पत्ता नलागिसकेको अवस्था तथा भ्याक्सिनहरु पनि परिक्षण कै क्रममा रहेकोले यस बाट बच्न पटक पटक साबुन पानीले हात धुने, व्यक्तिगत तथा भौतिक दूरी कायम गर्ने तथा मास्क को प्रयोग गर्ने तथा हितकर आहार, विहार आदिको सेवनले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु नै आजको आवश्यकता हो । यहाँ रोगप्रतिरोधात्मक क्षमता, दिनचर्या, रात्रिचर्याको वर्णन गर्न खोजिएको छ।

शरीरको कुनै पनि किसिमको रोगसँग लड्ने शरीरको स्वाभाविक क्षमतालाई रोगप्रतिरोधि क्षमता भनिन्छ । रोगको प्रतिरोध गर्न शरीरको बाह्य आवरण अर्थात छाला, आन्तरिक आवरण म्यूकस मेम्ब्रेन, श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात एण्टिबडि, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदि मार्फत कार्य गर्दछ । यीनिहरु पनि इम्यून सिस्टमका उदाहरण हुन् ।

रोग प्रतिरोधात्मक क्षमताको विकास आजको भोलि भन्ने हुँदैन । यसको लागि हामीले नियमित रुपमा हितकर आहार विहार, व्यायाम आदिको परिपालन गर्नुपर्दछ । विश्वव्यापी महामारीको यो अवस्थामा हामीले आफुलाई स्वस्थ बनाई राख्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन ऋतु अनुसारको दिनचर्या पालन गर्न आवश्यक हुन्छ । दिनचर्या, रात्रिचर्या, ऋतुचर्यामा स्वस्थ्यकर खानपान, बानी व्यवहार, व्यायाम आदि पर्दछन् । शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपानले भूमिका खेल्दछ ।

शरीरले सकभर कुनै पनि बाह्य तत्वलाई विभिन्न प्रतिक्रिया मार्फत शरीर भित्र जानबाट रोक्दछ त्यति हुदाँ हुदैँ पनि बाह्य आवरण, म्यूकस मेमब्रेन तथा लिम्फ्वाइड तन्तुहरुको छेकवारलाई पार गरि  यदि कुनै पनि बाह्य तत्व ९रोग उत्पन्न गराउने कुनै पनि तत्व वा सूक्ष्म जीवाणु, विषाणु० आदि शरीरमा प्रवेश गरेपछि शरीरले त्यसको प्रतिरोध गर्न रगतमा रहेको श्वेत रक्तकोषिकाहरुलाई उत्तेजित गर्दछ र न्यूद्रोफिलले फ्यागोसाइटिक क्रियाबाट मार्ने, टी लिम्फोसाइट मार्फत सूक्ष्म जीवाणुहरुसंग विशिष्ट संयोजन गरि मार्ने र बी लिम्फोसाइटले एण्टिबडि बनाउने तथा त्यस्ता एण्टिबडिहरुले भविष्यमा हुने संक्रमण समेतलाई रोक्दछ । त्यसै गरि मास्ट कोषिका, म्याक्रोफेज जस्ता तत्वहरु मार्फत पनि शरीरले रोग प्रतिरोधि क्षमता विकास गर्दछ । विषाणुहरुको संक्रमणको अवस्थामा इन्टरफेरोनले व्याधिक्षमत्वमा भूमिका खेल्दछ साथै विषाणु अर्थात भाइरसहरु विरुद्ध नेचुरल किलर सेल वा कोषिकाहरुले पनि व्याधिक्षमत्वमा भूमिका खेल्दछन् ।

रोग प्रतिरोधात्मक क्षमताको विकास आजको भोलि भन्ने हुँदैन । यसको लागि हामीले नियमित रुपमा हितकर आहार विहार, व्यायाम आदिको परिपालन गर्नुपर्दछ । विश्वव्यापी महामारीको यो अवस्थामा हामीले आफुलाई स्वस्थ बनाई राख्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन ऋतु अनुसारको दिनचर्या पालन गर्न आवश्यक हुन्छ । दिनचर्या, रात्रिचर्या, ऋतुचर्यामा स्वस्थ्यकर खानपान, बानी व्यवहार, व्यायाम आदि पर्दछन् । शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपानले भूमिका खेल्दछ । आयुर्वेद संहिताहरुमा दिनचर्या,रात्रिचर्या, ऋतुचर्या आदिको विस्तृत वर्णन गरिएको पाइन्छ । दिनचर्या,रात्रिचर्या, ऋतुचर्याको उचित परिपालनले वात, पित्त, कफ दोषहरुलाई, रसरक्तादि धातु, मलमूत्रादि लाई सम्यक् अवस्थामा राखि हामिलाई स्वस्थ्य बनाई राख्दछ । महामारी जसलाई आयुर्वेदको भाषामा जनपदोध्वंस भनिन्छ, यस्तो अवस्थामा दिनचर्या, रात्रिचर्या, ऋतुचर्या को उचित परिपालन तथा पथ्य आहार विहारको सेवन र अपथ्य आहार विहारको परित्याग अवश्यम्भावी हुन्छ ।  दिनचर्या तथा रात्रिचर्या मा प्रयोग हुने खानपान मा प्रयोग हुने मसलाहरु मध्ये केहि इम्यूनोस्टिमूलेटर ( टी लिम्फोसाइट वा बी लिम्फोसाइट हरुलाई उत्तेजित गर्ने ) र केहि इम्यूनोमोडुलेटर हुन्छन् । त्यसै गरि औषधिजन्य वनस्पत्तिहरुमा पाइने ग्लाइकोसाइड, फ्लेभोन्वाइड, कोमारिन आदि फाइटोकेमिकलहरुले  इम्यूनोमोडुलेटरको रुपमा कार्य गर्दछन् ।

कोरोना महामारीको यो समयमा हामीले तपसील बमोजिमका दिनचर्या तथा रात्रिचर्या पालन गर्दा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

दिनचर्या:

-विहान जहिले पनि सकभर ब्रम्ह मुहुर्तमा (विहान ४ बजे देखि ५ बजे भित्र)  उठ्ने, त्यसपछि नित्य कर्म गर्ने ।

-त्यस पछि एक चिम्टि नून र एक चिम्टि बेसार १ ग्लास मनतातो पानीमा हालेर कुल्ला गर्ने ।

– १ ठूलो चम्चा खाने तेल मुखमा राखेर मुख भरि हल्लाउने र मुखमा कमसे कम ५ मिनट राख्ने र पछि फाल्ने,

-त्यस पछि मनतातो पानीले कुल्ला गर्ने ।

– नाकको दुवै प्वालमा दुई दुई थोपा तोरी वा तिलको तेल हाल्ने

-विहान ७ बजे देखि ९ बजे सम्मको घाम ताप्ने ।

तपसील बमोजिमको प्रयाणाम र योगासन कम्तिमा ४५ मिनट गर्ने :

अनुलोम विलोम,कपालभाँति, भ्रामरी, भस्त्रिका, ध्यान, पदमासन, गोमुखासन, ताडासन, भुजंगासन, मत्स्यासन, धनुरासन, उष्ट्रासन, सुर्य नमस्कार आदि ।

स्नान  मनतातो पानीले नभए समान्य तापक्रमको पानीले नियमित स्नान गर्ने । भोजन लगतै स्नान गर्न हुदैन ।

   आहार :  

विहान खाली पेटमा १ चम्चा च्यवनप्राश मनतातो पानीसंग ४ र ५ वटा तुलसीको पात, २ सलाईस अदुवा, २ दाना मरिच, १ वटा अलैची, एउटा सानो टुक्रा दालचिनि, ३ दाना कालो किसमिस हालेर पकाएको चिया कागतीको रस निचोरेर वा रेडिमेड तुलसी चिया वा गुडुची चिया वा बुढि औला आकारको लगभग १\ ५ इन्च गुर्जो ( लगभग १०ग्राम)  थिचेर लगभग १ ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै खाने ।

-सुन्तला, अंगूर, अमला आदि साइद्रस  फलफूल

– ड्राइ फ्रुट्स

-खानामा हल्का सुपाच्य सात्विक आहार  रातो शालीको चामल, मुंगको दाल, मौसमी तरकारी र सागसब्जी, पुदिना, टिमूर हालेको चटनी ।

-मनतातो पानी पटक पटक प्रयोग ।

-फ्रिजमा हालेको खानेकुरा सकभर नखाने ।

-खाना लगतै टन्न पानी नखाने, खाना खाएको ४५ मिनट पछि पानी खाने ।

-खाना खाएपछि सकभर १० मिनट बज्रासनमा बस्ने ।

– बढि फ्राइ गरेको, तेल हालेको, बढि पिरो, अमिलो, आदि नखाने ।

-खानामा लसून, अदुवा, धनिया, जिराको मसला प्रयोग गर्ने ।

-दिउँसो नसुत्ने

– दिउँसो रचनात्मक क्रियाकलापमा समय व्यतीत गर्ने ।

-सन्ध्याकालमा नाचगान गर्ने वा योगा र ध्यान गर्ने ।

रात्रिचर्या : 

रात्रिकालमा हल्का भोजन गर्ने, राति ८ बजे भित्र खाना खाइसक्ने ।

रात्रीकालको भोजन पश्चात केहिबेर कोठामा वरिपरि घुम्ने र खाना खाएको २ घण्टा पछि मात्र सुत्ने ।

राति सुत्नु भन्दा अघि १ चम्चा बेसार हालेको मनतातो दूध खाने ।

१० मिनट  फुटबाथ नून वा टंकण भस्म हालेका मनतातो पानीमा खुट्टा भिजाउने । त्यसपछि राम्ररी सफा कपडाले खुट्टा पुछ्ने ।

नाकको दुवै प्वालमा दुइ दुइ थोपा सरसो वा तिलको तेल हाल्ने ।

७ देखि ८ घण्टा सुत्ने ।

एकान्तवास वा होम आइसोलेसन बस्नेहरुको लागि: 

एकान्तवासमा बस्दा माथि उल्लेखित दिनचर्या तथा रात्रिचर्याको परिपालनको साथसाथै तपसील बमोजिमका थप क्रियाकलापहरु पनि गर्नुपर्ने हुन्छ ।

– १ लीटर पानीमा पुदिना र तुलसीको पात प्रत्येक ३ देखि ४ वटा सम्म र ३ देखि ५ ग्राम बेसार हालेर उमालेर त्यसको वाष्प ५ देखि १० मिनेटसम्म दिनको एक वा       दुइ पटकसम्म वाफ लिने।

– जल नेति गर्न सक्नेहरुले यो क्रिया विहान सवेरै गर्दा नाक तथा नेजोफ्यारिंग्समा भाईरस लोड कम गर्न मदत गर्दछ ।

– नाकको दुवै प्वालमा दुइ दुइ थोपा सरसो वा तिलको तेल हाल्ने ।

-मनतातो पानीमा नून हालेर दिनको ४ देखि ६ पटकसम्म कुल्ला गर्ने ।

-सुख्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वांङ्गको धूलो मह वा मिश्रीसंग मिसाएर २ देखि ३ पटक सेवन गर्ने ।

दैनिक रुपमा तपसील बमोजिमको योगासन वा चिकित्सीय योगाभ्यासहरु गर्ने :

सूर्य नमस्कार, धनुरासन, गोमुखासन, ऊष्ट्रासन, भुजङ्गासन, सेतुबन्धनासन, पद्मासन कम्तीमा १० मिनट, प्राणायाम (अनुलोम–विलोम, कपालभाति, भस्त्रिका र भ्रामरी वा श्वासप्रश्वास व्यायाम ) कुर्सीमा गरिने श्वासप्रश्वास व्यायाम, हात बाहिर तथा भित्र गरि गरिने श्वासप्रश्वास व्यायाम कम्तीमा १० मिनटसम्म ।

-शिथिलीकरण व्यायाम (मेरुदण्ड तथा अन्य जोर्नीहरु गतिशील पार्ने व्यायाम)  १० मिनट सम्म

ध्यान (ओम्कार उच्चारण, ध्यान , संगीत उपचार) १५ मिनट सम्म ।

यी सम्पूर्ण क्रियाहरु कम्तीमा ३० देखि ४५ मिनट सम्म बिहानको समयमा गर्न उपयुक्त हुन्छ । त्यसपछि खाली पेटमा ८० देखि १०० मिलि गुडूची क्वाथ वा गुडुची चिया सेवन गर्ने ।

-प्रतिदिन पटक पटक गरि २ देखि ३ लीटरसम्म मनतातो पानी खाने ।

– च्यवनप्राश १ ठूलो चम्चा ९१० ग्राम० बिहान खाली पेटमा सेवन गर्ने वा ताजा अमला वा अमला चूर्ण ६ ग्राम बिहान बेलुका मनतातो पानीसंग दैनिक रुपमा खाली पेटमा सेवन गर्ने । (मधुमेहका रोगीले चिनीरहित च्यवनप्राशको उपयोग गर्ने)

– मनतातो दूधमा आधा चम्चा बेसार दिनको एकपटक वा दुई पटक ।

– तुलसी चिया वा गुडूची चिया वा तुलसी, दालचीनी, मरिच, शुठो, कालो किसमिस हालेर चाहिएको मात्रामा चिया पकाएर स्वाद अनुसार गुड वा कागतीको रस हालेर बिहान बेलुका प्रयोग गर्ने ।

-चित्रक हरीतकी १ चम्चा ९३ देखि ६ ग्राम० बिहान बेलुका मनतातो पानी वा मनतातो दूधसंग सेवन गर्ने ।

-यष्टीमधु चूर्ण १ चम्चा ९२ देखि ४ ग्राम मनतातो पानीसंग दिनको दुइ पटक सेवन गर्ने   ।

महासुदर्शन चूर्ण ९३ देखि ६ ग्राम वा काढा पकाएर ४० मिलि बिहान बेलुका । विशेषतः ज्वरो आएमा। शरीरमा रोग प्रतिरोधि क्षमतालाई मजबूत गर्न स्वस्थ्यकर तथा सन्तुलित खानपान, उपयुक्त दिनचर्या, ऋतुचर्या आदिले  भूमिका खेल्दछ । योग, ध्यान आदिको नियमित अभ्यासले समेत शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्ध हुने कुरा आधुनिक अध्ययन अनुसन्धान समेतले पुष्टि गरिसकेको छ । यस्तो रोग प्रतिरोधि क्षमता वृद्धि गर्ने कार्यमा औषधजन्य वनस्पतिहरु तथा भान्सामा प्रयोग हुने विभिन्न मसलाहरुले पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

एउटा अध्ययनले देखाए अनुसार अश्वन्धा, शूठो, तुलसी, सुकमेल, यष्टीमधु हालेको चियाको स्वस्थ्य स्वंयसेवकहरुमा एक देखि दुई महिना सम्मको नियमित सेवनले नेचुरल किलर सेलहरुको क्रियालाई बढाइएको पाइयो जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसरी माथि उल्लेखित मसला तथा औषधजन्य वनस्पत्तिहरुको नियमित प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि भई कोरोना लगायतका विभिन्न रोगहरुलाई परास्त गर्न मदत गर्दछ।

औषधजन्य वनस्पत्तिहरु तथा मसलाजन्य औषध द्रव्यहरु आयुर्वेद तथा अन्य चिकित्सा पद्धतिमा विभिन्न रोगको उपचारमा प्रयोग हुदै आएकोमा विभिन्न आधुनिक अध्ययन, अनुसन्धान आदिले त्यसलाई पुष्टि समेत गरेको छ, साथै त्यस्ता औषधजन्य वनस्पतिहरुले रोग प्रतिरोधात्मक क्षमता पनि विभिन्न किसिमले बढाउने भनि अध्ययन, अनुसन्धानले पुष्टि गरिसकेको छ । तथापि धेरै जसो अनुसन्धान मूसा आदि जन्तुहरुमा गरिएको हुदाँ मानवमा थप अध्ययन अनुसन्धान हुन जरुरी हुन्छ । तिनिहरुको व्यापक अनुसन्धान चिकित्सा जगतको अनुसन्धानमा गोल्ड स्टैण्डर्ड मानिने रैन्डोमाइज्ड कन्द्रोल क्लिनिकल द्रायलबाट समेत गर्न आवश्यक छ ,  जसले आजको समयमा फैलिएको कोभिड १९ जस्तो महामारीमा शरीरको रोग प्रतिरोधी क्षमता विकास गरि रोगलाई परास्त गर्न मदत मिल्नेछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार