२९ वर्षीय कोरोना संक्रमित युवकको पाटन अस्पतालमा मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै पाटन अस्पतालमा उपचाररत ललितपुर निवासी २९ वर्षीय पुरुषको कोेरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका उनको हिजो शनिबार राती १० बजे मृत्यु भएको जनाइएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर ह्वात्तै बढेको छ । हिजो सरकारले आधिकारिक रुपमा दिएको जानकारी अनुसार २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कुल मृत्यु हुनेको संख्या २०७ पुगेको थियो । त्यसपछि पनि मृत्युका घटना बाहिर आइरहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु