शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८८४ जना संक्रमित थपिएका हुन्। आज संक्रमित हुनेहरुमा २४२ जना महिला र ६४२ पुरुष छन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। यसैगरी २४ घण्टामा ३१३ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसर गत २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना