Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘जलवायु परिवर्तनको असर यौन तथा प्रजनन स्वास्थ्यमा पनि’

‘जलवायु परिवर्तनको असर यौन तथा प्रजनन स्वास्थ्यमा पनि’

कल्पना आचार्य \काठमाडौं : विज्ञहरुले जलवायु परिवर्तनका कारण महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा असर गर्ने बताएका छन्। ‘दशौं एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेक्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारको पाँचौ सिरिजमा उनीहरुले यस्तो बताएका हुन्।

वेभिनारको अध्यक्षता गर्दै अनुसन्धानकर्ता तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अभियन्ता नोलिन नोबिलिउले जलवायु परिवर्तनले पूरै विश्वलाई असर गर्ने कुरा सर्वविधितै भए पनि यसले निम्त्याउने समस्यामा अझ बढी महिला, किशोरकिशोरी र बालिबालिका पर्ने बताइन्। उनले विभिन्न अध्ययनहरुले जलवायु परिवर्तनका कारण आउने बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपका बेला महिलाको स्वास्थ्य त्यसमा पनि यौन तथा प्रजनन स्वास्थ्यमा सिधै असर गर्ने गरेको जिकीर गरिन्। उनले यस्ता बेला सम्बन्धित निकाय सेवामा केन्द्रित नहुने हो भने यो दिगो विकास लक्ष्यसँग पनि जोडिने भनदै यसमा ध्यान दिन आग्रह गरिन्।

वेभिनारको प्लेनरी सेसनमा बोल्दै डा एडरिन हेयसले जलवायु परिवर्तका बेला कसरी महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा असर गर्छ भन्ने विषमा प्रस्तुति दिएका थिए । उनले यो बेला धेरै महिला स्वास्थ्य सेवा लिनबाट बञ्चित हुने भन्दै यो सिधै गएर प्रजनन स्वास्थ्यसँग जोडिने बताए । दिगो विकास लक्ष्य पूरा गर्नका लागि जलवायु परिवर्तन र यसले निम्त्याउने प्रकोप ठुलो बाधक बनिरहेको पनि उनले जिकीर गरे ।

यसैगरी वेभिनारमा अर्का विज्ञ इरानकी स्त्रीरोग विशेषज्ञ डा साफी सारिआरीले इरानको गोलेस्टन गाउँमा २०१९ मा गएको ठुलो बाढीपछि त्यहाँ गरिएको रिसर्चबारे प्रस्तुति दिएकी थिइन्। उनले कुनै पनि देशमा जलवायु परिवर्तका कारण आउने बाढी पैरोका बेला त्यहाँ विशेष सावधानी अपनाउन जरुरी रहेको भन्दै गोलेस्टन गाउँमा धेरै समयसम्म स्वास्थ्य सेवा लिन महिला लाई निकै गाह्रो परिरहेको अवस्थामा आफूहरुले ४ महिला प्रोजेक्ट बनाएर सेवा दिंदा धेरै परिवर्तन आएको बताइन्। उनले यो बेला यौन तथा महिला हिंसाका घटना बढ्ने गरेको जानकारी दिइन्। गोलेस्टनका ६० हजार मानिस बाढीका कारण विस्थापित भएको र त्यस बेला खाने बस्ने नै मुख्य समस्या रहेको उनको भनाई थियो । उनले भनिन्, ‘यो बेला यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कसैले ध्यान दिंदैनन्। जसको असर दिगो विकास लक्ष्णमा पर्ने देखिन्छ ।’ उनले बाढी प्रभावित झण्डै ८७ हजार मानिसलाई आफूहरुले स्वास्थ्य सेवा र परामशै सेवा दिएको जानकारी गराइन्।

यसैगरी विभिन्न देशका विज्ञहरुले कसरी प्रकोप तथा महामारीका बेला यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा असर परिरहेको हुन्छ भन्ने विषयमा प्रस्तुती दिएका थिए । उनीहरुको एउटै आवाज थियो, महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सबै देशले परिस्थिती अनुसार रणनिती तय गरेर अघि बढ्न जरुरी छ ।

यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न विधामा भर्चुअल रुपमा गरिने यो वेभिनार १४ सेसनसम्म चल्नेछ ।

थप समाचार