नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो
२४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप ९२७ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ९२७ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै कुल कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । गत २४ घण्टामा मात्रै विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ८ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । हाल देशभर १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी आज मात्रै १६९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २० हजार २४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु