भरतपुरको कलेज अफ मेडिकल साइन्सका एक जना चिकित्सकमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ चितवन : चितवनस्थित कलेज अफ मेडिकल साइन्स भरतपुरका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी जिल्ला गैंडाकोट घर भएका २९ वर्षीय चिकित्सकमा भरतपुर आस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । यसवारे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरेको छ । उनीसँगै थप ३ जनामा कोरोना पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
उनी केही समयदेखि भरतपुरको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) मा कार्यरत छन्। उनलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य शुरु गरिएको जनाइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु