गण्डकीमा २ प्रहरीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा २ जना प्रहरीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप १७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका ८ जना, लमजुङका २ जना, तनहुँका ४ जना र कास्कीका ३ जना रहेका छन्।
निर्देशनालयका अनुसार संक्रमित मध्ये कास्की २ जना भने पर्यटक प्रहरी रहेका छन्। उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ ।
गण्डकीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ सय ७२ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु