२४ घण्टामा थपिए १ हजार १११ संक्रमित, ८ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ६२९ परीक्षण गर्दा १ हजार १११ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन देखिएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । यसैगरी हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै ८ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन्। योसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु