२४ घण्टामा ११ जना संक्रमितको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै देशभरका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । यसरी मृत्यु हुनेहरुमा २ जना महिला र ९ जना पुरुष रहेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या दैनिक रुपमा बढिरहेको छ ।
यसैगरी आइसीयू र भेन्टिलेटरको उपचार चाहिने संक्रमितको संख्या पनि बढ्दो छ । हाल १४ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा र १५१ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ३४ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु